पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता सुरु भएको छ । स्टेपबाई स्टेप माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन ४ खेल भएका थिए । पहिलो दिनको उद्घाटन खेलमा आयोजक स्टेपबाई स्टेप स्कुलले टिम प्रगतिलाई ०–१३ गोलान्तरले पराजित गर्यो। दोस्रो खेलमा मदरल्यान्ड ड्रिम सिटीलाई टिम गैह्रापाटनले १–१० गोलअन्तरले पराजित गर्यो।
प्रतियोगिताको तेस्रो खेलमा एलसी ब्रदरहुड र टिम जुम्पाकबीच भएको खेलमा निर्धारित खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा टिम जुम्पाकले बाजी मार्यो। पहिलो दिनको अन्तिम खेलमा टिम बेस्ट सैनिक र ब्रदर युनिटीबीच भएको खेलमा ब्रदर युनिटीले ६–३ गोलअन्तरले जित दर्ता गरेको छ ।
प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागि छन् । १ महिनासम्म प्रत्येक शनिबार प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । साथै कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाउनेछन् ।
उपविजेताले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रावृत्ति पाउने आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’