पोखरा । पोखरामा गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता सुरु भएको छ । स्टेपबाई स्टेप माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन ४ खेल भएका थिए । पहिलो दिनको उद्घाटन खेलमा आयोजक स्टेपबाई स्टेप स्कुलले टिम प्रगतिलाई ०–१३ गोलान्तरले पराजित गर्यो। दोस्रो खेलमा मदरल्यान्ड ड्रिम सिटीलाई टिम गैह्रापाटनले १–१० गोलअन्तरले पराजित गर्यो।
प्रतियोगिताको तेस्रो खेलमा एलसी ब्रदरहुड र टिम जुम्पाकबीच भएको खेलमा निर्धारित खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा टिम जुम्पाकले बाजी मार्यो। पहिलो दिनको अन्तिम खेलमा टिम बेस्ट सैनिक र ब्रदर युनिटीबीच भएको खेलमा ब्रदर युनिटीले ६–३ गोलअन्तरले जित दर्ता गरेको छ ।
प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागि छन् । १ महिनासम्म प्रत्येक शनिबार प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । साथै कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाउनेछन् ।
उपविजेताले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रावृत्ति पाउने आयोजकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह