पोखरा । पोर्चुगलमा एक नेपाली युवकको सुतेकै अवस्थामा निधन भएको छ ।
वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रबार निधन भएको हो ।
साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए ।