पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्व तयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (छोटो पदयात्रा) कार्यक्रमको संयोजन गर्दै आएका हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटको नेतृत्वमा जेठ महिनाको पहिलो शनिबार दगाम पुगेको हो ।
समुहमा क्लबका सदस्य एवं आइटि संयोजक पितम सेन ठकुरी, पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङ, पत्रकार धनश्याम पौडेल, विनोद कार्की र समाजसेवी कृष्णमान श्रेष्ठ रहेका थिए ।
उक्त टोली कोत्रे वजारमा ९ वजे पुग्यो । कोत्रे वजारबाट दगाम सामुदायिक होमस्टेकी अध्यक्ष तिला थापा मगरलाई जानकारी गरायो । र कोत्रेबाट पैदल ज्वालादेवी वन, मकनपुर गाउँ, भुजिकोट गाउँ हुर्दै करिब साढे ११ वजे दगाममा पुगेको थियो ।
दगाममा होमस्टे अध्यक्ष तिला थापा, समाजसेवी नन्द थापा लगाएतले स्वागत गर्दै होमस्टे, गाउँ र गाउँमा रहेका प्रख्यात देविथानहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु