पाेखराकाे ‘क्याटवाक’मा समिर श्रेष्ठ र क्रिसेन्ट्सकाे प्रस्तुति जेठ २० मा

पाेखराकाे ‘क्याटवाक’मा समिर श्रेष्ठ र क्रिसेन्ट्सकाे प्रस्तुति जेठ २० मा

samir shrestha (1)

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

लेकसाइड स्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।

समीर नेपाली संगीतमा युवा जमात बीच चर्चित नाम मध्ये एक हो, थमना हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायत गीत चर्चित छन जसले नेपाल भित्र र बाहिर लाखौं प्रशंसकहरूको मन कब्जा गरेको छ ।

प्रस्तुतीको व्यवस्थापन चलिराखेको छ भने २० गतेको कार्यक्रमका लागि टिकट विक्रिको काम भइरहेको सञ्चालक लामाले जानकारी दिए । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्रि भइरहेको लामाले बताए ।

करिब ९ महिना अघि खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र लोरमा सेवा पाउँछन्। अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोरमा, म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्याटवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ