मेक्सिकोमा एक पत्रकारको गोली हानी हत्या

मेक्सिकोमा एक पत्रकारको गोली हानी हत्या

goli

पोखरा । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ ।

मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको मङ्गलबार आफ्नो घरबाट निस्कँदै गर्दा हत्या भएको हो । उनले लामो समय विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

अभियोजकको कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को मेक्सिकन शाखाले सरकारी कर्मचारीको रूपमा काम गर्ने रामिरेजले संदिग्ध अपराधीहरूलाई पक्राउ गर्न योगदान पु¥याएको बताए ।

गैरसरकारी सञ्चार अधिकार समूहले ‘हत्या नगरपालिका अधिकारीको रूपमा उनको कामसँग सम्बन्धित थियो वा उनको पत्रकारिताको अभ्याससँग सम्बन्धित थियो छानबीन गर्न’ उभियुक्तलाई कानुनी कारबाहीको दायरामा तत्काल ल्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ