पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको भूमी समेटिएको विरोधमा पोखरामा प्रदर्शन गरेको छ ।
राष्ट्रिय प्रजातान्त्रिक भूपू संगठन कास्की र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको आयोजनामा बिहिवार पृथ्वीचोकमा राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको हो ।

राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको विरोधमा आयोजना गरिएको राँको सहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी गराए । गिरीले सरकार नसच्चिए आन्दोलनका कार्यक्रम थप चर्किने चेतावनी दिए ।

सरकारले एक पछि अर्को गल्ती गरिरहेको र शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छुटाउने खेल भइरहेको उनले बताए ।
“दलाल सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बीनी कपिलवस्तु हाम्रो हो, गणतन्त्रका दलाल होशियार, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र नेपाल जिन्दावाद, संघीयता खारेज गर, छया! गणतन्त्र गनायो भारतीयलाई नेपाली बनायो, हामीलाई शरणार्थी बनायो, गणतन्त्र चाहिँदैन नेपाल बेच्न पाइदैन” लगायतका नारा सहित राप्रपाले प्रदर्शन गरेको हो ।
सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ