पोखरा । पोखरा ३३ मा चार दिवसीय उद्घोषणकला तथा भाषणकला तालिम सोमबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ वडा कार्यालयको आयोजनामा भएको तालिम पोखरा ३३ को वडा कार्यालय, भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउँ र उपल्लो पुडीटारमा गरी तीन ठाउँमा एकसाथ आयोजना गरिएको थियो ।
वडामा रहेका महिलाहरुको नेतृत्व तथा व्यक्त्तित्व क्षमता विकास गर्नको लागि गत शुक्रबारबाट आयोजना गरेको तालिममा वडामा रहेका विभिन्न आमा समुहबाट ८० जनाले सहभागिता जनाएको वडा सचिव युवराज पौडेलले जानकारी दिए । जसअनुसार वडा कार्यालयमा २९ जना, पुडीटारमा २३ जना र भरतपोखरी स्वास्थ्य चौकी डाडाँगाउमा २८ जना सहभागी बनेका थिए ।
आगामी दिनमा यस्ता तालिमका कार्यक्रमलाई निरन्तरता दिदै महिलाको क्षमता विकासमा वडाले हरपल साथ दिने वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । यस अगाडि वडाले महिलालाई लक्षित गरेर ढाका बुन्ने तालिम, कृषि तालिम, साबुन पानी तालिम, कृष्टलका चुरापोते लगायतका तालिम समेत सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्षको लागि केही नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको समेत उनले खुलाए । हरेक टोलमा पुगेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेर समेत यहाँको आवश्यकता के हो भन्ने पहिचान गर्ने गरिएको उनको भनाई थियो ।
तालिम कार्यक्रमको आयोजना गर्नुको उद्धेश्यबारे वडा सदस्यहरु विनोद भण्डारी, प्रकाश कार्की, दुर्गा थापा केसी, लिलादेवी नेपालीले सहभागीमाझ प्रकाश पारेका थिए । सबैजनालाई सहज होस् भनेर तीन ठाउँमा कार्यक्रम आयोजना गरिएको उनीहरुले बताए । सिकेका सिपलाई समुहका अन्य सदस्यलाई हस्तान्तरण गर्न सहभागी समक्ष उनीहरुको आग्रह थियो ।
तालिममा सहभागी रमा गौतम, आकृती आचार्य, शान्तिदेवी आचार्य लगायतले यस्ता तालिम कार्यक्रलाई निरन्तर आयोजना गर्न वडासँग अनुरोध गरें । चार दिने तालिमले सबैको अगाडि गएर निर्धक्कका साथ आफ्नो भनाई राख्न तथा विभिन्न शैलीका कार्यक्रम सहज तरिकाले सञ्चालन गर्ने क्षमता थपेको बताए । तालिम मार्फत प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा प्रयोग गर्ने उनीहरुको प्रतिवद्धता थियो ।
तालिममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, महासंघका पूर्व केन्द्रिय सदस्य सुष्मा पौडेल, महासंघ कास्की उपाध्यक्ष जमुना शर्मा वर्षा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले सहजीकरण गरेका थिए ।
सम्बन्धित खबर
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती