पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ३ वर्ष देखि संचालन भइरहेको हाइकिङ गत शनिबार तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. २ स्थित दगाम सामुदायिक होम स्टेमा सम्पन्न भएको छ ।
हाइकिङको ३५ औं श्रृङ्खला अन्तरगत दगाम पुगेका ३८ जनाको समुहलाई होमस्टे संचालकहरुले अविर, फुलको गुच्छाले स्वागत गर्दै हाइकिङमा सहभागिलाई कलाकारहरुले मगरजातीको मौलिक कौरा नृत्य प्रदर्शन गरेका थिए ।
कोत्रेबाट पैदल यात्रा गर्दै ज्वालादेवी सामुदायिक बन, मकनपुर गाउँ, भुजिकोट हुदै उक्त टोली दगाम पुगेको थियो । नेपालका ग्रामिण क्षेत्रमा पर्यटकको आकर्षण वढाउन खोलिएका होमस्टेहरुको स्थानिय परिकार चाख्न इच्छुक जो कोहि आफ्नो खर्चमा हाइकिङमा सहभागी हने हाइकिङका संयोजक कृष्ण रानाभाटले बताए ।
मौरी पालन गरी दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्द बहादुर थापाले बताए । सहभागीहरु मध्ये केहिले लिटरको १५ सयमा मह पनि किनेर ल्याएका थिए ।
सो अवसरमा नेपाल पर्यटन वोर्ड पोखरा कार्यालयले होमस्टेको लागि पठाएका मुक्तीनाथ मन्दिर र सगरमाथाको तस्विर क्लबका संयोजक कृष्ण रानाभाटले होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरलाई हस्तान्तरण गरेका थिए ।
हरेक महिनाको अन्तिम शनिबार हुने हाइकिङ कार्यक्रम दिनप्रतिदिन लोकप्रिय हुर्दै गएपछि विधिवत संस्था दर्ता गर्न धेरै जनाले सुझाव दिएका छन् भने क्लबका पदाधिकारीहरुले नेपाल पर्यटन वोर्डको पोखरा कार्यालयमा गई सहयोगको लागि आग्रह गर्दा पनि संस्था दर्ता गरी आएमा सहयोग गर्न सकिने प्रतिक्रिया दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो