नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरिएकाे छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।
२०६८ सालमा नेपाल प्रहरीका तत्कालीन आईजीपी रमेशचन्द ठकुरीविरुद्ध सुडान घोटालाको मुद्दा लाग्ने भएपछि उनलाई सरकारले सुरक्षा सल्लाहकार बनाएर नयाँ आईजीपी नियुक्त गरेको थियो ।
अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई सुरक्षा सल्लाहकार बनाइएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा शंकरदास वैरागीको शपथ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान मात्र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त शंकरदार वैरागीलाई पदको शपथ खुवाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका मुख्य सचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो। निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन्।
सम्बन्धित खबर
लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता, सानोपाइला सहकारीमा १ अर्ब ३२ करोड अपचलन दाबी
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली
रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ