नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता संकटमा परेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको सत्ता टिकाउने अभियान धरासयी बनेको टिप्पणी गरेका हुन् । प्रचण्डलाई संकट परेको बेलामा मात्रै नेकपा व्युँताउने कुरा उठाउने गरेको उनको आरोप छ ।
‘प्रधानमन्त्री ज्यूको अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उहाँले पछिल्लो समय जस्तोसुकै हर्कत गरेर, राष्ट्रियता बेचेर, अन्तराष्ट्रिय शक्तिहरुसँग साठगाँठ गरेर, नेपालमा एमालेलाई एक्लो बनाएर सत्ता टिकाउने उहाँको अभियान थियो । त्यो अभियान धरासयी बन्दैछ भन्ने देखिन्छ । समाजवादी केन्द्र बनाउने र नेकपा व्युँताउने भन्ने कुरा जब उहाँलाई अप्ठ्यारो पर्छ, त्यतिखेर टेकोको रुपमा, साहराको रुपमा नेपाल कम्युनिष्ट पार्टीको एकीकृत अभियान चलाउँछु भन्नुहुन्छ,’– नेता बस्नेतले भने ।
प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै सत्ता संकटमा परेपनि म भ्रष्टाचारीलाई छोड्दिन भन्ने अभिव्यक्ति दिनुको कुनै औचित्य नरहेको उनको भनाई छ । साथै, सत्ताधारी दलबीच बजेट संशोधनको सहमति बनेको उनले दाबी गरे । संसदीय अभ्यासमा सत्ता पक्षका दलहरुबीच बजेट संशोधनका लागि भएको सहमति यो पहिलो भएको र यसबाट नै प्रधानमन्त्री प्रचण्ड सत्ता बचाउनका लागि जस्तोसुकै हर्कत गर्न तयार छन् भन्ने प्रष्ट भएको उनले बताए ।
‘हिजोमात्रै सत्ताधारी दलहरुका बीचमा बजेटलाई संशोधन गर्ने सहमति भयो । मलाई लाग्छ, संसदीय व्यवस्थामा बजेट संशोधन गर्ने भनेर सत्ता पक्षले सहमती गरेको पहिलो चोटी हो । यसबाट के बुभिन्छ भने प्रचण्डको सत्ता साझेदार दलभित्र गम्भीर संकट उत्पन्न भएको छ । प्रचण्डजीका सारा अभियानहरु फेल हुँदैछ । प्रचण्डलाई सत्ता साझेदार दलहरुले लात हान्दैछन् भन्ने कुराको संकेत उहाँले पाउनु भयो र यो अभिव्यक्ति हरु छट्पटाहटको रुपमा आएको छ,’– नेता बस्नेतले भने ।
प्रधानमन्त्री प्रचण्डजीकै महत्वकांक्षका कारण नेकपा विघटन भएको उनको आरोप छ । प्रचण्डले कहिले कांग्रेस देखाएर एमाले तर्साउने र कहिले एमाले देखाएर कांग्रेस तर्साउने काम गरिरहेको नेता बस्नेतको दाबी छ । यस्तो अवस्थामा नेकपा बनाएर एमालेले फेरि गल्ती नदो¥याउने उनले बताए ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह