भारतमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

भारतमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

Bus_Accident_india

पोखरा । भारतको महाराष्ट्रमा शनिबार बिहान बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक पल्टिँएर आगो लागेको थियो । बसमा ३३ जना सवार थिए ।
गुडिरहेकै बेला टायर पड्किएपछि बस पल्टिएको र आगलागी भएको थियो ।

यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds