नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् ।
‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ ,’ पत्रकारको प्रश्नमा उनले भने, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’
महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए । गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्याएर नेता बनेको बताउँदै उनले यो सुविधा रहेको बताए ।
साथै उनले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरे असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै उनले साउन २ गतेदेखि सुरु हुने बताए ।
यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिती तय हुने उनको भनाइ छ । उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उनले बताए ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह