नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन: प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् ।
‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ ,’ पत्रकारको प्रश्नमा उनले भने, ‘साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’
महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए । गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्याएर नेता बनेको बताउँदै उनले यो सुविधा रहेको बताए ।
साथै उनले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरे असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै उनले साउन २ गतेदेखि सुरु हुने बताए ।
यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिती तय हुने उनको भनाइ छ । उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उनले बताए ।
सम्बन्धित खबर
नेपाल फर्किनेलाई स्वागत भइहाल्छ, अरू देशको नागरिक भइसकेकालाई नागरिकता दिन सकिँदैन: देउवा
जेलबाट रवि लामिछानेले कार्यकर्तालाई के पठाए सन्देश ? (पूर्णपाठ)
महामन्त्रीमा मुकुल ढकाल सार्वजनिक भएपछि रास्वपाले गर्यो जिम्मेवारी हेरफेर
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
‘देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन’
सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ