काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एक सय किलो अवैध सुन बरामद भएको प्रकरणमा सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन् ।
‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी छ,’ उनले फेसबुकमा लेखेका छन् ।
महासचिव पोखरेलको प्रश्न छ, ‘के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो ?’ उनी अगाडि लेख्छन्, ‘१०० किलो सुन प्रकरणमा पनि राजश्व अनुसन्धान विभागको नेतृत्व (नवराज ढुंगाना)ले जस पाएकै छ ।’
शासकीय जिम्मेवारी र दायित्व अरुले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा टकटकिने नभएको उनको भनाइ छ ।
उनी थप प्रश्न गर्छन, ‘…एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ?’ यो प्रश्न पनि नागरिक चासोको विषय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौं । आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौ,’ महासचिव पोखरेलको माग छ ।
सम्बन्धित खबर
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
आजको मौसम पूर्वानुमान
रास्वपाको ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चुनाव चिन्हविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता
वैशाख यता विपदमा परेर ९३ जनाले ज्यान गुमाए, २२ बेपत्ता
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: ओली
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ