काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एक सय किलो अवैध सुन बरामद भएको प्रकरणमा सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन् ।
‘सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरुबाट अरुको गालामा बियाँ टाँस्ने धन्दा जारी छ,’ उनले फेसबुकमा लेखेका छन् ।
महासचिव पोखरेलको प्रश्न छ, ‘के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्तापक्षधरहरुले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्तापक्षीय दृष्टिकोण हो ?’ उनी अगाडि लेख्छन्, ‘१०० किलो सुन प्रकरणमा पनि राजश्व अनुसन्धान विभागको नेतृत्व (नवराज ढुंगाना)ले जस पाएकै छ ।’
शासकीय जिम्मेवारी र दायित्व अरुले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा टकटकिने नभएको उनको भनाइ छ ।
उनी थप प्रश्न गर्छन, ‘…एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ?’ यो प्रश्न पनि नागरिक चासोको विषय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
‘राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौं । आशंकित सबैलाई छानविनको दायरामा ल्याउन विलम्व नगरौ,’ महासचिव पोखरेलको माग छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो