काठमाण्डौ। नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन काण्डको मालिक नसमातिएसम्म अनुसन्धानलाई सघाउ पुर्याउन गृहमन्त्री र अर्थमन्त्रीलाई राजिनामा दिन सुझाएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो कूरा राख्दै सांसद शर्माले सुन प्रकरण छानबिनका लागि सहजिकरण गर्न अर्थमन्त्री प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन्।
शर्माले सन् १९५६ मा भारतका तत्कालिन रेल्वे मन्त्री लाल बहादुर शास्त्रीले रेल दुर्घटना पश्चात धेरैले ज्यान गुमाउँदा त्यस दुर्घटनाको नैतिक जिम्मेवारी लिने भन्दै राजिनामा पेश गरेको उदाहरण दिँदै नेपालमा पनि सुन तस्करका मालिकलाई नसमातेसम्म अर्थमन्त्री र गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताएका हुन्।
शर्माले भने ‘उहाँहरुले समय लिने हो भने, ३ दिन, ५ दिन, ७ दिन कति दिन समय चाहिने हो त्यो अवधिमा नाइके समाउछु भन्नु पर्यो । हैन भने यो प्रकरणमा अनुसन्धान गर्न सघाउन राजीनामा दिनु पर्छ ।’
शर्माले भ्रमणमा रहेका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड स्वदेश फर्किएपछि यो विषयलाई सामान्य ढंगले हेर्ने, भरियालाई मात्रै जेलभित्र हाल्ने र मुख्य नाइके नसमाउने हो भने आफु सदनमै अनसन बस्ने चेतावनी समेत दिए।
शर्माले यसो भन्दै गर्दा प्रतिपक्षीको बेन्चमा बसिरहेका राष्ट्रिय स्वतन्त्र र राप्रपाका सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ