पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु

Train-Accident-Pakistan1

पोखरा। पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। १०० जना घाइते भएका छन्।

आइतबार दिउँसो कराँचीबाट रावलपिण्डीतर्फ गइरहेको हजारा एक्सप्रेसका १० वटा डब्बा नवाबशाह जिल्लाको सहारा रेलवे स्टेशननजिकै लिकबाट तल खस्दा उक्त दुर्घटना भएको हो। दुर्घटनास्थल कराँचीबाट करीब २ सय ७५ किलोमिटरको दुरीमा रहेको जनाइएको छ।

दुर्घटनाग्रस्त १० मध्ये नौ वटा डब्बाबाट घाइते र शवलाई निकाल्ने काम सकिएको प्रहरीले जनाएको छ। घाइते यात्रुहरुलाई नवाबशाह जिल्लास्थित पिपुल्स मेडिकल कलेजमा लगिएको छ।

१७ वटा डब्बा भएको उक्त रेलमा क्षमताभन्दा बढी यात्रु रहेको जनाइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ