पोखरा । पोखरामा जारी तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको फाइनलमा गण्डकी प्रदेशका १५ विद्यालय छनोट भएका छन् । समूह चरणको अडिसनबाट सेमिफाइनमा प्रवेश गरेका २४ स्कुलबाट फाइनलमा १५ स्कुल पुगेका हुन् ।
प्रतियोगिताको फाइनलमा बालप्रभात बोर्डिङ स्कुल, सोसल पब्लिक स्कुल, डायमन्ड सेकेन्डरी स्कुल, माउन्ट हेभन इंग्लिस स्कुल, बालकल्याण हाइस्कुल, भाष्कर मेमोरियल स्कुल, बेसलाइन एकेडेमी, इमान्युअल स्कुल, पोखरा स्पाइरल ग्यालेक्सी, सबलाइम इंग्लिस सेकेन्डरी स्कुल, कास्की मोर्डनाइज्ड एकेडेमी, नेसनल क्रियसन एकेडेमी, नेपाल आदर्श आवसीय विद्यालय, न्यु मोडल सेकेन्डरी स्कुल, न्यु लेखनाथ पब्लिक एकेडेमी प्रवेश गरेका छन् ।
साउन १३ गते भएको सेमिफाइनलमा नगेन्द्र राई, बुद्धिप्रसाद गुरुङ ‘गौरी’ र राजबहादुर गुरुङले निर्णायकको भूमिका निभाएका थिए ।
विद्यालयस्तरीय विद्यार्थीको नृत्य प्रतिभा उजागरसँगै नेपाली कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले हुँदै आएको प्रतियोगिताको आयोजना मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले गर्दैै आएको छ ।
प्रतियोगिताका संयोजक अमन तामाङले प्रतियोगिताको फाइनल भदौ २ गते शनिबार पोखरा सभागृहमा हुने जानकारी दिए । ‘प्रतियोगितामा देशैभरिका विभिन्न जातजाति, धर्मसंस्कृतिका परम्परागत, मौलिक नृत्यहरु सहभागी भएका छन्,’ उनले भने, ‘त्यसैबाट हामीले उत्कृष्ट छनोट गर्नेछौं ।’
प्रतियोगितामा पहिलो हुने स्कुलले गोल्डेन ढाका टोपीसहित १ लाख रुपैयाँ, दोस्रो हुनेले ट्रफीसहित ७५ हजार रुपैयाँ, तेस्रोले ट्रफीसहित ५० हजार रुपैयाँ, चौथो हुने स्कुलले ट्रफीसहित ३० हजार रुपैयाँ र पाँचौं हुने स्कुलले ट्रफीसहित २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । ‘उत्कृष्ट नृत्य निर्देशकलाई गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँको पनि व्यवस्था गरिएको छ,’ तामाङले भने ।
प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका छन् । सेमिफाइनलमा विभिन्न प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपतिलगायत पदाधिकारीको उपस्थिति थियो ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?