भक्तपुर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सङ्गठनमा उथलपुथल हुने खुलासा गरेका छन् । माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने उनले खुलासा गरेका हुन् ।
शनिबार पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता शर्माले भने, ‘मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ ।’ पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।
कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने नेता शर्माले जानकारी गराएका छन् । त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने समेत उनले बताएका छन् ।
तत्कालीन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्कारुपले हेर्न नहुनेमा जोड दिए । उनले व्यवस्था बदल्न हज्जारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे । नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले दाबी गरेका छन् ।
वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका पार्टीका प्रदेश इन्चार्ज शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको जानकारी गराए । ”अब अवैधानिक बाटो हिँड्नुपर्दैन, वैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ ।” उनले भने ।
शर्माले आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन, विकास र सम्वृद्धिको पक्षमा साहसिक र ऐतिहासिक कार्य गरेपनि त्यसलाई प्रचार गर्न नसकिएको गुनासो गरे । पार्टी विरोधीहरूले फैलाएका भ्रम र अफवाहहरूको प्रतिरोध गर्न उनले निर्देशन समेत दिएका छन् ।
सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प