सुरेश बानियाँको तीजे कोशेली ‘घरै रमाइलो’ सार्वजनिक [भिडियो सहित]

माैलिक तीज गीत

सुरेश बानियाँको तीजे कोशेली ‘घरै रमाइलो’ सार्वजनिक [भिडियो सहित]

माैलिक तीजे भाकालाई माया गराैँ

मौलिक प्रस्तुति दिँदै आएका धादिङका बानियाँ दाजुभाइ नेपाली लोकसंगीतका उदाहरणलायक सर्जक हुन् । भाइ राजकुमार बानियाँ र दाइ सुरेश बानियाँले पालैसँग यस क्षेत्रमा योगदान दिइरहेका छन् ।

मौलिक लोक गीत र तीजे गीत प्रस्तुत गर्दै आएका यी दाजुभाइ सँगै भएर सिर्जना प्रस्तुत गर्न भने भाग्यबाटै ठगिएझैँ लाग्छ । दाइ विदेश रहँदा भाइ यहाँ एक्लै । अहिले भाइ विदेश रहँदा दाइ यहाँ एक्लै छन् । तर पनि लोक संगीतमा निरन्तर योगदान भने दिइरहेका छन् । राजकुमार अहिले जापान छन् । सुरेशले पारिवारिक विरासत धानिरहेका छन् । उसो त सुरेश वैदेशिक रोजगारीमा जानु अघि पनि यस क्षेत्रमा सक्रिय नै थिए ।

सुरेशले होम प्रोडक्शन जलेश्वरी म्युजिक प्रालिको प्रस्तुतिमा मीठो तीज गीत निकालेका छन् । धादिङकै चेली लक्ष्मी खड्कासँग फेरि सहकार्य भएको छ । मौलिक संस्कृति धान्ने गरी बनेको यो गीतको भाका, शब्द र एरेन्ज सुरेश स्वयंको हो । उनी आफै गीतको सिर्जना गर्छन्, भाका हाल्छन्, एरेन्ज गर्छन् । झलक योगीले स्वरमा साथ दिएका छन् । जय देवकोटाले रेकर्ड र मिक्सिङ गरेका छन् । तरंग डिजिटलमा गीत रेकर्ड भएको हो ।

बाबुआमा, दाजुभाइ, दिदीबहिनी र छोराछोरीको माया प्रेम रहेको गीतको भिडियो पनि गाउँघर सम्झाउने गरी बनेको छ । जुना गुरुङले फेरि स्थान लिएकी छन् । नारायणी खत्री, जुना एसडी, लक्ष्मी खड्का र विक्रम नेपाली भिडियोमा फिचर्ड छन् । गाउँले दिदी शकुन्तला अधिकारी भट्ट पनि रहेको भिडियो राम्रो लोकेशनमा खिचिएको छ । समिर रामदामको छायाँकन तथा सम्पादन रहेको छ ।

बानियाँ दाजुभाइका समाचारमा स्थान पाएका केही गीतहरूः

मिलियन भ्यूज कटाएको ‘फूलमा रस छ के’ ले मन जित्दै (भिडियो)

‘त्यसै हिँड्न लाको हैन देशै छाडेर’ [भिडियोसहित]

‘दशैंको टीका, तिहारको माला’ राजकुमार, सुरेश र लक्ष्मी खड्काले धादिङकै गाउँतिर लगाउने (भिडियो)

धादिङे राजकुमार, कमला र लक्ष्मीसँगै राजु, अर्जुन, अप्सराको आवाजमा आयो ‘फूल्यो गुराँस’ (भिडियो)

धादिङे ठिटो राजकुमार बानियाँको मौलिक तीज गीत ‘श्रीमति’, धादिङकै दृश्य (भिडियो सहित)

‘पूरानो भएसी दिनकै झगडा किन हुन्छ मायामा ?’

सांसद बनेपछि कोमल ओलीलाई गाउँघरको चिन्ता, पशुपति र राजकुमारलाई उस्तै पिर (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ