एमालेका कार्यक्रममा अब चार नेताका तस्वीर

पार्टी नीति

एमालेका कार्यक्रममा अब चार नेताका तस्वीर

पुष्पलाल, मनमोहन, मदन र केपीका तस्वीर राख्न निर्देशन

puspakam-manamohan-madan-kp

काठमाडौं । नेकपा (एमाले)ले अबदेखि पार्टी कमिटी र जन वर्गीय संगठनहरुका कार्यक्रममा तीन प्राधिकारबाहेक अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न निर्देशन दिएको छ ।

विभिन्न जनसंगठन र जिल्लाका कार्यक्रममा जो नेता गयो उसकै फोटो राखेर ब्यानरहरू बनाउन थालिएपछि त्यसलाई नियमन गर्न तीन प्राधिकार पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीपछि अध्यक्ष ओलीको बाहेक अरूको फोटो नराख्न भनेको हो ।

एमाले उपमहासचिव विष्णु रिमालले जसले पनि फोटो राखेर कार्यक्रमहरू गर्ने कुराले समस्या ल्याउन सक्ने भएपछि यस्तो निर्देशन गरिएको बताए । उनले अध्यक्षको मात्र फोटो प्रयोग गर्ने भनिएकोमा गलत अर्थ लगाइएको भन्दै तीन स्वर्गीय नेताको फोटो भने नछुटाइने बताए ।

एमालेले कार्ल मार्क्स र लेनिनको फोटो भने सातौँ महाधिवेशनदेखि नै औपचारिक कार्यक्रमहरूमा राख्न छाडेको थियो । माओत्से तुङ र स्टालिनको भने पन्चायतकालमै एमालेले फोटो राख्ने छाडेको हो ।

एमालेले औपचारिक कार्यक्रमहरूमा खादा मालालगायत भड्किलो कार्यक्रमहरू नगर्ने र मञ्चमा अतिथिहरू आसन ग्रहणलाई छरितो बनाउने निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds