एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ

Atm-Thif

सांकेतिक तस्बिर

भक्तपुर। एटिएम मेसिन तोडफोड गरी नगद लुटपाट गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नबिल बैंकको एटिएम मेसिन तोडफोड गरी लुटपाट गर्न खोज्ने दाङ जिल्ला बबई गाउँपालिका -२ निवासी २४ वर्षीय पूर्ण बहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका -१० कमलबिनायक स्थित भत्केको पाटीस्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट हथौडा, फलामको रड र फलाम काट्ने १ हेक्सा ब्लेड बरामद गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds