जुत्ताभित्र लुकाई ल्याएको १ किलो सुन जस्तो पहेंलो धातुसहित महिला पक्राउ

जुत्ताभित्र लुकाई ल्याएको १ किलो सुन जस्तो पहेंलो धातुसहित महिला पक्राउ

arrest gold

रसुवा। शनिवार दिउँसो अन्दाजी १ केजी सुन जस्तो धातु सहित महिला पक्राउ परेकी छन्।

गोसाईकुण्ड गाउँपालिका -२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट प्रहरीले अन्दाजी १ केजी तौलको सुन जस्तो देखिने पहेंलो धातुसहित सोही गाउँपालिका -३ बस्ने ४१ वर्षीया पाछेमु तामाङ (गुरूङ) लाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको उक्त धातु फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds