नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताएका छन्।
उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको उनले बताएका छन्। न्युरोसर्जरी/अर्थोपेडिक सर्जरीबाट विज्ञ डाक्टरहरूद्वारा अपरेसन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको अस्पतालले जनाएको छ।
उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत् जनाइएको छ।

यादवमाथि काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम दाैरान एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए। दर्शक दीर्घाको पहिलो लहरमा बसेर भाषण सुनेका नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले यादव भाषण गरेर बाहिर निस्कँदै गर्दा उनलाई पच्छ्याएर खुकुरी प्रहार गरेका थिए।
प्रहरीले पक्राउ गर्दैगर्दा सापकोटाले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘एमसीसी खारेज गर्’ भन्दै कराएको सार्वजनिक भएको भिडिओमा सुनिन्छ।
गण्डकीका मुख्यमन्त्रीद्वारा घटनाप्रति निन्दा
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीका सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेकोमा यस्तो कार्यको घोर निन्दा एवं भर्त्सना गरेका छन् ।

सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ