ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड माग्ने रबि निकटकै मोहनजंग थापा रहेको खुलासा [भिडियो]

कोर टीम खुल्यो

ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड माग्ने रबि निकटकै मोहनजंग थापा रहेको खुलासा [भिडियो]

रूँदै भने– 'पार्टी जोगाउन मैले कुरा लुकाएँ, अब जनताले सराप्नेछन्, सत्य बोल्नै पर्छ'

Untitled

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले तीन करोड रुपैयाँ मागेको अडियो प्रकरणमा ‘कोर टिम’ सार्वजनिक गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पूर्वसांसद श्रेष्ठले रास्वपाका कोर टिमको नाम सार्वजनिक गरेका हुन् । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

उनले आफूलाई मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा रहेको बताएका छन् । उनले रास्वपा सरकारमा सहभागी हुने क्रममा तपाईं मन्त्री बन्दै हुनुहुन्छ तीन करोड तयार पार्नुहोस् भन्दै केन्द्रीय सदस्य थापाले डिल गरेका बताए ।

उनले आफूलाई पैसाको लागि पटक–पटक फोन आएको पनि सुनाए । ‘केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बन्नका लागि तीन करोड माग्नुभयो । उहाँमार्फत मसँग पैसा मागिएको हो,’– उनले भने । थापा सभापति रवि लामिछानेका अति निकट व्यक्ति हुन् ।

देशको कायपलट गर्ने नारा लगाउँदै आएका लामिछानेले अमेरिकामा बसेर ठगीको धन्दा चलाउँदै आएका थापालाई नै केन्द्रीय सदस्य बनाएका थिए ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका थिए । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ