निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ। सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।
विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। बुबा झैँ कानुनका विद्यार्थी सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए। उनी नेपालमै पढिरहेका छन् ।
निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए। नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ। राजकीय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ। एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ भने सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ।
एमाले महासचिव पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता
संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन् ।
महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ ।
हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो