नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई जसरी पनि हटाउनुपर्ने बताएका छन्। ओखलढुंगामा गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले जनतालाई नहेरेको बताए।
‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको आरोप छ। ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने। ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन आइरहेको ओलीको भनाइ छ।
‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो- माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’
देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उनको आरोप छ। अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ। ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,’ उनले भने, ‘एउटा कानुन बनेको छैन संसदबाट।’
सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उनको भनाइ छ।
सम्बन्धित खबर
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली
रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?
गण्डकीमा अखिल पदाधिकारी तहमा अञ्जली मात्रै, लेखा आयोग अध्यक्षमा सहज जीत
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
मुलुक पुरानो व्यवस्थामा फर्कन सम्भावना छैनः प्रचण्ड
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ