नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई जसरी पनि हटाउनुपर्ने बताएका छन्। ओखलढुंगामा गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले जनतालाई नहेरेको बताए।
‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको आरोप छ। ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने। ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन आइरहेको ओलीको भनाइ छ।
‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो- माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार। क्रान्तिकारी र परिवर्तनकारी सरकार। कस्तो, भ्रष्टाचारी र तस्करी।’
देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उनको आरोप छ। अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ। ‘यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,’ उनले भने, ‘एउटा कानुन बनेको छैन संसदबाट।’
सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उनको भनाइ छ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ