चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

blast fire

File photo

पोखरा । चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds