सवारी साधन निषेध गरेपछि इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

इन्द्रजात्रा

सवारी साधन निषेध गरेपछि इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]

विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको भन्दै महानगरले गाडी प्रवेशमा रोक लगाएको हो

IndraJatra vvip (1)

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि भीभीआईपीहरू हिँडेरै बसन्तपुर पुगेका छन्। काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्।

महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि सवारीसाधन प्रवेशमा रोक लगाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको भन्दै महानगरले गाडी प्रवेशमा रोक लगाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल लगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन्।

इन्द्रजात्राको मुख्य दिन बिहीबार राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने प्रचलन छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ