नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले बुधबार डा. मान्यता थापासँग जनवादी विवाह गरेका छन्। उ
नेकपाको मुख्य पार्टी कार्यालय कपिलवस्तुको शिवगढीमा प्रकाशले चितवनकी डा. मान्यता थापासँग विवाह गरेको पार्टी स्रोतहरुले सार्वजनिक गरेका थिए।
कम्युनिष्ट पार्टीमा आबद्ध दुवैको तडक भडकबिना सीमित आफन्तको उपस्थितिमा जनवादी विवाह भएको थियो। तर, ‘पूँजीवादी संस्कृति’ को प्रभावबाट मुक्त रहन भने सकेन । ‘जनवादी बिहे’ भन्दा अगाडि उनीहरूले ईंगेजमेन्ट गरेका थिए, जुन चितवनको एउटा पार्टी प्यालेसमा झकिझकाउ सजावटसहित औँठी साटासाट भएको थियो ।
ईंगेजमेन्टसँगै हल्दी समारोह पनि गरिएको थियो । विवादमा परिने डरले विप्लव भने ईंगेजमेन्टमा सहभागी भएनन् । दुलही तर्फबाट यो समारोहको व्यवस्थापन गरेको बुझिएको छ । समारोहमा दुलहीपट्टिका परिवार तथा दुलाहा-दुलहीका साथीभाइहरू सरिक थिए ।
विवाहपछि रिसेप्सन पनि राखिएको छ । आमरूपमा विवाहपछिको रिसेप्सन दुलाहाको परिवारले आयोजना गर्छन् । तर, यहाँ दुलहीको आमाको नाममा निमन्त्रणा बाँडिएको छ । निमन्त्रणा कार्डमा उल्लेख भए अनुसार भरतपुरको केन्द्रीय बसपार्कमा रहेको सेरिन बुटिक होटलमा आज ४ बजेदेखि ८ बजेसम्म रिसेप्सन आयोजना गरिएको हो ।
प्रकाश र मान्यता दुवैले चितवन मेडिकल कलेजबाट एमबीबीएस पास गरेका हुन् । उनीहरू दुवैले काम भने थालेका छैनन् । उनीहरू पार्टीका तर्फबाट स्वास्थ्य शिविरहरू चलाउने गर्छन् ।
बेहुला प्रकाशले २५ हजारको प्रेम कोष पनि खडा गर्ने जानकारी दिए । ‘बच्चा जन्मिएपछि जीवन कोष खडा होला । त्यसले परिआउँदा काम लाग्छ । हामी समाजलाई सँगसँगै रूपान्तरण गर्ने अभियानमा छौं ।’ – उनले भने । दुवैले भाषण गरेपछि उद्घोषकले ‘सी जातिको संस्कृति अनुसार’ भन्दै विवाहको प्रमाणपत्र हस्तान्तरण गर्न आग्रह गरे । विप्लवले छोरा र बुहारी दुवैलाई प्रमाणपत्र दिए । आगन्तुकले उठेर ताली बजाए ।
प्रकाश र मान्यताबीच चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दा ८ बर्षअघिबाट प्रेम सम्बन्ध बसेको थियो। त्यसैलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्।
बिहीबार थापा पक्षले भव्य होटलमा पार्टी आयोजना गरेको छ। जनवादी विवाह गरेको भनेर प्रचार गरिए पनि मान्यताका परिवारले बिहीबार चितवनस्थित एक बुटिक होटलमा विवाहको पार्टी आयोजना गरेको हो।

सम्बन्धित खबर
शीर्ष तीन दलका नेताको बैठकमा के भयो छलफल ?
‘देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैन’
सांसद अमरबहादुर थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका
काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डेलाई ‘निलम्बन गर्ने निर्णय’ कार्यान्वयन नगर्न आदेश
पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरा महानगरपालिकामा खाजा खानाका नाममा वर्षमा २ करोड ३८ लाख खर्च