पोखराको फुस्रेखोलामा एक किशोरको शव फेला परेको छ । पोखरा १७ बिरौटा, हनुमानटोल बस्ने १६ वर्षका क्षितिज बस्याल मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
घटना शनिबारको भएपनि आइतबार मात्रै प्रहरीले घटनाबारे जानकारी दिएको हो । दिउँसो साढे १ बजेतिर पोखरा १७ फुस्रेखोलामा शव अड्किएको अवस्थामा छ भन्ने स्थानीयमार्फत् सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिई गई प्रारम्भिक अनुसन्धान पश्चात् उक्त शव पोष्टमार्टमको लागि गण्डकी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
मृत व्यक्तिको आफन्त खोजतलास गर्दै जाँदा उनको पहिचान भई ठूली आमाले सनाखत गरेको प्रहरीले जानकारी दिए । मृतक क्षितिजका बुवाआमा विदेशमा रहेको र ठूलीआमासँगै बस्दै आएको खुलेको छ । उनकाे मृत्यु कसरी भयाे भन्नेबारे खुलिसकेको छैन ।
फेवा नहर र फुस्रेखोलामा महिनैजसो ज्यान जाने गरी घटना भइरहेका छन् । विशेषगरी पौडी खेल्ने क्रममा डुबेर किशोरहरुको ज्यान गइरहेको छ । यो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत साउन ६ गते पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर पौडी खेल्ने क्रममा डुबेर बिते । गत १६ बैशाखमा पनि पोखरा १५, नयाँगाउँका १५ वर्षीय बालक रोनिश गुरुङकाे डुबेर ज्यान गएकाे थियाे । साउन २५ गते फुस्रे खोला नजिकै पावर हाउस माथि भीरको छाङ्गोमा खसेर पोखरा १७ घारीपाटन निवासी १० वर्षीय सम्बोधन अधिकारीको ज्यान गएको थियाे । फेवा नहरले बगाएर भदाै ३० गते पोखरा १७ निवासी पवित्रा बराल मृत अवस्थामा भेटिइन् भने साउन २६ गते स्याङ्जा अर्जुन चौपारी २ घर भई हाल काजीपोखरी बस्दै आएका ४४ वर्षीय कर्णबहादुर केसी मृत भेटिएका थिए ।
सम्बन्धित समाचारः
फुस्रेखोलामा मान्छे डुबेर मर्ने क्रम रोकिएन, १६ वर्षीय विवेकको ज्यान गयो
पाेखराकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय किशाेरको मृत्यु
पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
पोखराको फुस्रेखोलामा महिलाको शव फेला
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो