काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन हिंसामा दोषी ठहर भएका छन् । उनीमाथि गम्भीर कारबाही गर्न लागेपछि आफैं राजीनामा दिएका छन् ।
गत जेठ १९ गते महिला प्रहरी सहायक हवल्दारलाई यौनहिंसा गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानविन गर्न बनाएको समितिले यौन हिंसा गरेको ठहर गरेको हो । समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । प्रतिवेदनमा प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको तथा आफ्नै महिला सहकर्मीलाई यौनहिंसा गरेको पुष्टि भएको उल्लेख छ ।
समितिले एसएसपी पाललाई बर्खास्त गर्न समेत सिफारिस गरेको प्रहरी स्रोतले जनाएको छ । सुदूर पश्चिमको महेन्द्रनगरमा कार्यरत रहँदा एसएसपी पालले बिदा माग्न गएकी महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो ।
छानविन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धानस्रोतले बतायो। उनी कार्यरत कार्यालयमा कार्यरत अन्य महिला प्रहरी कर्मचारीसँग समेत समितिले सोधपुछ गरेको थियो।
सोधपुछमा उनीहरूले समितिका अधिकारीहरूलाई पाल रहेको कोठामा एक्लै भेट्न जान पनि डर लाग्ने गरेको सुनाएका थिए। अनुसन्धानमा उनले महिला प्रहरी कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, घुम्न जाऊँ भनेर फकाउने लगायतका दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनमा समेत औँल्याइएको छ।
जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको आरोप लागेको थियो। ती महिला प्रहरी कोठाबाट बाहिर निस्किएर सहकर्मीलाई त्यसबारे जानकारी गराई प्रदेश कार्यालय धनगढीमा उजुरी गरेकी थिइन्।
सोही दिन प्रहरी प्रधान कार्यालयले उनलाई जिम्मेवारीबाट हटाएर केन्द्रमा तानेको थियो। पाल यस अगाडि २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरुवा भएका थिए। बौद्ध वृत्त प्रमुखहुँदा पनि उनी कारबाहीमा परेका प्रहरी अधिकृत हुन्।
सम्बन्धित खबर
गगन थापाले भने– राज्यसँग जवाफ माग्न पुगेका युवामाथि कुटपिट गर्नु अत्यन्तै चिन्ताजनक र लज्जास्पद !
सरकारी कर्मचारीहरुले रक्सी र चुरोट सेवन गरे कारवाही
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीर पुनले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन