पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग ललिता निवास प्रकरणमा म्याच फिक्सिङ गरेकोे आरोप लगाएका छन् ।
एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रमा सोमबार बोल्दै उपमहासचिव गुरुङले भ्रष्टाचारको अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीहरुको श्रीमती तर्फ घुम्दा म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् ।
ललिता निवास प्रकरणको फेरि छानबिन हुने बताउँदै उनले माधव नेपाल वा संग्लग्न भएका हरेक व्यक्तिलाई जनताको छानविनको कठघरामा उभ्याइने उल्लेख गरे ।
उनले भ्रष्टाचारको विषयमा अहिलेको सरकारले नौटङ्की देखाइरहेको समेत टिप्पणी गरे । उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधी समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए । ‘आफ्नो सरकार टिकाउन लागि अपराधी लुकाएर, अपराधी समाउने कुरामा सम्झौता गरेर अहिलेको सरकार चलेको छ’, गुरुङले भने, ‘यो अवस्था त्यो दिनसम्म चलिरहन्छ जबसम्म एमाले बलियो र सत्तामा पुग्दैन ।’
उपमहासचिव गुरुङले माधव नेपालले पार्टी फुटाएर गल्ती गरेको भन्दै एमालेमा समाहित हुन समेत सुझाव दिएका छन् । ‘माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी स्थापना गरेपनि केही परिवर्तन देखिएन, केपी ओलीसँग झगडा गरेर मात्र पार्टी चल्दैन’, उनले भने, ‘गण्डकीमा एकसिट पनि जित्न सकेन, परिवर्तन केही भएको छैन, एमालेमा छिटै समाहित हुनुहोला ।’
अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प छैन
उपमहासचिव गुरुङले पार्टीमा अझै १० वर्षसम्म केपी शर्मा ओलीको विकल्प नरहेको दाबी गरे । उनले भने, ‘कम्तीमा अझै १० वर्ष एमालेमा केपी ओलीको विकल्प छैन । स्वाधिनताको अभियान डगमगिन सक्छ । त्यसकारण केपी ओलीको नेतृत्व स्वीकार्नु पर्छ ।’
‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन। केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्छ,’ उनले भने, ‘कुनै जंगलमा दुईवटा सिंह हुँदैन। कि हारेर बस्छ, कि हिजोजस्तो वामदेव र माधव नेपालजस्तो। कहिले सीपी र झलनाथजस्तो झगडा, कहिले माधव र केपी ओलीजस्तो झगडा छैन। ६७४३ वडामा एकैदिन अधिवेशन ग¥यौं। त्यही माधव नेपाल भएको भए ७५३ पालिकामा एकैदिन अधिवेशन हुँदैनथ्यो। यो अभूतपूर्व सफलता पार्टीभित्र एकल नेतृत्व भएकाले सम्भव भएको हो।’
नेकपा एमालेलाई हल्लाउन सक्ने कुनै शक्ति नरहेको र एमाले हल्लिए आफ्नै कारणले हुने उपमहासचिव गुरुङले बताए । विभाजन गलत थियो भन्ने २०५४ सालदेखि नै देखिएको उनको भनाइ थियो ।
समाजवादको आधार तयार पार्न एमालेले लगातार २०/२५ वर्ष जित्नुपर्ने उनको जिकिर थियो । चुनावमा हुने प्रतिद्वन्द्वीको तिकडम चिर्न सक्ने, बहुमत ल्याउने र आफूले जिताएर पठाएको जनप्रतिनिधिलाई नियन्त्रणमा राख्न सक्ने नेतृत्व पार्टीमा आवश्यक रहेको उपमहासचिव गुरुङले बताए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ