इजरायलमा केही नेपाली हताहत भएको आशंका

इजरायलमा केही नेपाली हताहत भएको आशंका

ISRAEL-attack

पोखरा । प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ ।

परराष्ट्रमन्त्री एनपी सावदले आइतबार प्रतिनिधि सभा बैठकमा इजरायलमा रहेकामध्ये १२ जना नेपाली सम्पर्कविहीन रहेको जानकारी दिए।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका परराष्ट्रमन्त्री साउदले इजरायलमा हाल ४ हजार ५०० नेपाली केयर गेभरको रुपमा कार्यरत रहेको जानकारी दिए।

यस्तै, २६५ जना विद्यार्थीहरु इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएको साउदले जानकारी दिए।

कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।

नेपाली दूतावासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ ।

उनले अघि भने, ‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका साथ लिएको परराष्ट्रमन्त्री साउदले बताए । उनका अनुसार आइतबार बिहान प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र बनाएको छ, नेपालीहरूको अवस्था पहिचान, उद्दारसम्बन्धी निर्णय लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds