इजरायलमा रहेका नागरिक लिन नेपाल एयरलाइन्सको विमान जाने

इजरायलमा रहेका नागरिक लिन नेपाल एयरलाइन्सको विमान जाने

Nepal_Airlines_01

काठमाण्डाै। इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाज आज राति ११ बजे प्रस्थान गर्ने भएको छ ।

नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई ‘ट्रान्जिट’ हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

गत असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

यस्तै, घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्।

उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds