पोखराको मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने तथा चिकित्सक कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
लमजुङ सुन्दरबजार नगरपालिका -६ निवासी ५७ वर्षीया सुकमाया दुराको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड गर्ने तथा चिकित्सक कुट्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
कारागार चलान हुनेमा पोखरा महानगरपालिका -१७ हनुमान टोल बस्ने ‘छावा’ भनिने शुशिल कार्की र पोखरा -५ मालेपाटन बस्ने विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए।
यस्तै, उक्त घटनामा अदालतले ७ जनालाई एक लाख धरौटी माग गरी तारेखमा रिहा गरेको छ। यसरी रिहा हुनेहरूमा पोखरा -४ का सुजित मुल्मी, पोखरा -५ मालेपाटनका अभिनास गुरुङ, पोखरा -५ का अरूण गुरुङ, पोखरा -९ का नितेश गुरुङ, पोखरा -९ नागढुंगाका विवेक गुरुङ, पोखरा -२० भलामका मनिष थापा र पोखरा -११ फूलबारीका प्रदिप गुरुङ छन्।
गत असोज ७ गते सुकमाया दुरा श्वासप्रश्वास तथा ढाड दुख्ने समस्याका कारण फुलबारी स्थित मणिपाल शिक्षण अस्पताल भर्ना भएकोमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो। दुराको मृत्यु पश्चात आफन्तहरूले चिकित्सकको लापरबाही भन्दै उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए।
कुटपिट तथा अस्पताल तोडफोडमा संग्लग्न ९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाई सरकारी वकिल मार्फत जिल्ला अदालत कास्कीमा पेश गरेको थियो।
साथै, उक्त घटनाका पहिचान खुलेका १० जना र पहिचान नखुलेका केही व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित समाचार
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते