पोखराको मणिपाल शिक्षण अस्पताल र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएको छ । सहमतिपछि मृतक पक्षका आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ ।
सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा १० वर्षसम्म वर्षमा एक पटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुबै पक्ष राजी भएका छन् । दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरुले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । डाक्टर कुटेको विषयमा भने सहमतिपत्रमा केही उल्लेख छैन ।
नेपाल चिकित्सक संघ र अफिन गण्डकी प्रदेशभर ओपिडी सेवा बन्द गरी आन्दोलनमा छन् । देशैभर चिकित्सकको आन्दोलन जारी रहेको अवस्थामा याे सहमतिले आन्दोलन के हुने ? भन्ने विषयमा भने केही खुलेको छैन ।

लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए ।
सम्बन्धित समाचारः
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
संरक्षण गर्नुपर्ने प्रहरीले नै डाक्टर कुटे ! दोषीमाथि कारबाही नभएसम्म उपचार सेवामा नफर्कने [भिडियो]
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
पोखरामा डाक्टर कुटिएको बिरोधमा माइतीघर मण्डलामा चिकित्सकहरूको विरोध प्रदर्शन
पोखराको मणिपाल र लमजुङ अस्पतालमा डाक्टर कुटिएपछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
लमजुङमा डाक्टर कुट्ने वडा अध्यक्ष बस्नेत प्रहरी हिरासतमा
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्