कैलाली । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रियल एमाले नभएको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् ।
‘अहिले एमालेको नेतृत्व जसले गरेको छ उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ । युद्धकालीन अवस्था स्मरण गर्दै उनले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने प्रचण्डले बताए । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा प्रचण्डको बुझाइ छ ।
‘परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्छौं । त्यसको लागि हामी एक ठाउँमा आउनु पर्छ’, उनले भने, ‘संविधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना गर्यो । अहिले पनि त्यो कोसिस भइरहेको छ ।’
सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रधानमन्त्री दाहालको जिकिर छ । उनले ललित निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारवाहीको भागीदार भएको बताए । ‘अरू पनि केही फायलहरू छिट्टै खुल्दै छन्’, प्रचण्डले भने ।
कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा ? बुझिनसक्नु छ
प्रचण्डले कांग्रेसभित्र तीव्र असन्तुष्टि र मतभेद रहेको बताए । ‘एमाले भित्र पनि थाहा पाइरहनु भएको होला । एमालेभित्र चिरा परेको छ । कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु छ’, उनले भने, ‘कोशीमा हाम्रो एउटा गठबन्धन छ अर्काे असन्तुष्ट कांग्रेससँग एमालेको गठबन्धन छ ।’
उनले दुई दिनसम्म कोशीको समस्या समाधान गर्न आफूले पहल गरेको बताए । उनले विश्वासको मत लिनुभन्दा पहिले एक मन्त्री मात्रै बनाउने सहमति भएको तर त्यहाँ २ मन्त्री नियुक्त गरेकोमा असन्तुष्टि समेत रहेको बताए । शेरबहादुर देउवा, आफू र शेखर कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेर तत्कालको लागि समस्या समाधान गरेको प्रचण्डको भनाइ थियो ।
‘तीनजना बसेर सहमति पत्रमा हस्ताक्षर भयो । यति भएपछि ढुक्क भइयो भनेको फेरि अर्काे कुरा आयो’, उनले भने, ‘नेपाली कांग्रेसको एक मन्त्री बनाउने भनेको एक एमालेको छिराइहालेछ ।’
प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन पाँच वर्षसम्म चल्ने बताए । उनले समाजवादी मोर्चाको अन्तिम गन्तव्य एउटै पार्टी भएको समेत जनाए । ‘मोर्चा नै अन्तिम उद्देश्य होइन यसलाई एउटै पार्टी बनाउने लक्ष्य रहेको छ’, प्रधानमन्त्रीले भने ।
सम्बन्धित खबर
लागू औषधसहित दुईजना मानिस र भारतीय नम्बरको गाडी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता, सानोपाइला सहकारीमा १ अर्ब ३२ करोड अपचलन दाबी
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली
रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ