पोखरा । नेपाल सरकारले इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।
नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारत हुँदै नेपाल फर्कने उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने मन्त्री साउदले जानकारी दिए । उनीहरू मंगलबार बेलुका ७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने छन् ।
यसअघि नेपाल सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।
सम्बन्धित खबर
कीर्तिमानी धावक फौजा सिंहको ११४ वर्षको उमेरमा निधन
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा
अमेरिकाको टेक्सासमा बाढीले १३ जनाको मृत्यु
पोर्चुगिज फुटबल खेलाडी लिभरपुल फरवार्ड जोटाको कार दुर्घटनामा मृत्यु
भारतको उत्तराखण्डमा पहिरोमा परी ९ जना मजदूर बेपत्ता
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा