इजरायलबाट थप १८ जना नेपाली भारत आइपुगे

इजरायलबाट थप १८ जना नेपाली भारत आइपुगे

aa

पोखरा । इजरायलबाट थप १८ नेपाली भारत आइपुगेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय सरकारको सहयोगमा उनीहरु आज बिहान दिल्ली आइपुगेको जानकारी दिएका छन् ।

नेपाली दूतावासले समन्वय गरेर उनीहरूलाई भारतको स्पाइस जेटमार्फत ल्याएको हो ।

उनीहरूमध्ये केहीलाई बसबाट महेन्द्रनगर हुँदै घर जाने व्यवस्था गरेको र केही आजै प्लेनमा काठमाडौं आउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

इजरायल र प्यालेस्टाइनबीच युद्ध सुरु भएपछि उक्त क्षेत्र असान्त बनेको छ । लडाइँ अहिले पनि जारी रहेको छ ।

यसअघि नेपाल सरकारले विमान चार्टर्ड गरी २ सय ५४ नेपालीको इजरायलबाट उद्धार गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds