इजरायललाई हमाससँगको युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्। युद्धका कारण हजारौँ मानिसहरूको मृत्यु हुन थालेपछि र लाखौं नागरिक प्रभावित हुन थालेपछि अन्तर्राष्ट्रिय समुदालयले इजरायललाई युद्ध रोक्नका लागि दबाब दिन थालेको हो।
बीबीसीका अनुसार इजरायल र हमासबीच जारी युद्धका कारण त्यस क्षेत्रमा फसेका नागरिकलाई राहत सामग्री पुर्याउन समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्नका लागि दुबै पक्षसँग माग गरेका छन्।
७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले आक्रमणलाई तीव्र बनाएको छ।
आक्रमणका कारण गाजा क्षेत्रमा बिजुली, पानी, इन्धन लगायतका आपूर्ति ठप्प गरिएको छ। जसका कारण त्यस क्षेत्रका नागरिकलाई थप समस्या भइरहेको छ।
अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले अस्थायी सङ्घर्ष विरामको प्रस्ताव गरेका छन्।
यस्तै अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङ्गले पनि इजरायल आफ्नो सुरक्षा अधिकारलाई कसरी प्रयोग गर्न सकिन्छ त्यसले महत्त्व राख्ने बताएका छन्।
गाजामा मानवीय संकटलाई लिएर चिन्ता बढ्दै गएको छ। ?संयुक्त राष्ट्र सङ्घका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति गरिएन भने काम गर्न समस्या हुने बताएका छन्।
सम्बन्धित खबर
अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
एयर इन्डियाको जहाजमा बमको धम्की, थाइल्याण्डमा आपतकालीन अवतरण
इरानमाथि इजरायलको आक्रमण, आपतकाल घोषणा
भोलिदेखि मुग्लिन–मलेखु सडकखण्ड रातिमा बन्द हुने
अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, लण्डन उडेको जहाजमा २४२ सवार
अस्ट्रियाको विद्यालयमा अन्धाधुन्ध गोली चलाएर पूर्वविद्यार्थीले गरे १० जनाको हत्या
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ