बारामा अज्ञात समूहको गोली प्रहारबाट शिक्षकको हत्या

बारामा अज्ञात समूहको गोली प्रहारबाट शिक्षकको हत्या

goli

बारा। बारामा अज्ञात समूहको गोली प्रहारबाट एक शिक्षकको ज्यान गएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका – ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका शिक्षक रुपेश स्वर्णकारको सोमबार दिउँसो करिब सवा १ बजेतिर अज्ञात समूहको गोली प्रहारबाट ज्यान गएको हो ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिको समूहले ३५ वर्षीय स्वर्णकारमाथि दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि तत्काल वीरगञ्जस्थित बयोधा सिटी अस्पतालमा पुर्‍याइएकाे केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । स्वर्णकारको घाँटी र छातीमा गोली लागेको अस्पतालले जनाएको छ ।

बजार क्षेत्रमा मोटरसाइकलमा यात्रा गरिरहेकै बेला दिन दाहाडै स्वर्णकारमाथि गोली प्रहार भएको हो ।  घटनास्थल प्रहरी चौकीबाट नजिकै पर्छ ।

हाल गोली हान्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds