काठमाडौँ उपत्यका मेयर्स फोरम काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो अभिव्यक्ति प्रमाणित गरेर देखाउन चुनौती दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मेयर्स फोरमले मेयर बालेनले दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण रहेको ठहर गरेको हो ।
मेयर बालेनले निजी कम्पनीबाट पैसा खाएर उपत्यका मेयर फोरमको बैठक बोलाइएको गम्भीर आरोप लगाएका थिए । यही कात्तिक १४ गते ललितपुर महानगरपालिकाको अध्यक्षतामा बसेको फोरमको बैठक बिचैमा छाडेर बाहिरिएका शाहले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका थिए ।
बालेनको अभिव्यक्तिपछि शुक्रबार उपत्यका मेयर्स फोरमका महासचिव तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘बैठकमा प्रस्तावित पहिलो ऐजेण्डा नेपवेष्ट, जसलाई फोहोरमैला व्यवस्थापन गर्न लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र विधिद्वारा छनौट गरिएको संस्था, जसलाई काठमाडौँ महानगरपालिकाले समेत २०७८/११/१३ मा स्वीकृतिका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्राचार गरिसकेको थियो । सो सन्दर्भमा काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन दीर्घकालीन एवं एकीकृत रूपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गर्न लागिएको उक्त बैठकको विषयलाई लिएर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहज्यूले २०८० कार्तिक १५ गते सामाजिक सञ्जाल मार्फत् दिनुभएको अभिव्यक्ति अत्यन्तै अशोभनीय अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण छ । उक्त अभिव्यक्ति प्रमाणित गरी देखाउन समेत चुनौती दिइन्छ ।’
यस्तै, महासचिव गिरीले उपत्यका मेयर्स फोरमको कामकारवाहीप्रति विश्वस्त रहन आग्रह गरेका छन् ।

सम्बन्धित खबर
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट (पूर्णपाठ)
देश चलाउन सक्ने कर्मचारीतन्त्र चाहियो : प्रधानमन्त्री ओली
रास्वपालाई कांग्रेसको प्रश्न: निलम्बित सांसदलाई संसदीय दलको नेता राख्ने, नैतिकताको पाठ सिकाउने ?
गण्डकीमा अखिल पदाधिकारी तहमा अञ्जली मात्रै, लेखा आयोग अध्यक्षमा सहज जीत
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
मुलुक पुरानो व्यवस्थामा फर्कन सम्भावना छैनः प्रचण्ड
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने