पोखरा । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आईतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो ।
‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ’ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।
शुक्रबार राती भुकम्प गएको र शनिवार बिहानै भुकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराईरहनुभएको छ’ उनले भने ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’
मन्त्रिपरिषद् बैठकले भुकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
भुकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली शनिवार नै कर्णाली प्रदेशको भुकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।
सम्बन्धित खबर
कर्तव्य ज्यान मुद्दाका फरार तनहुँका फिरोज २९ वर्षपछि पक्राउ
ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरीः प्रदेश प्रमुख भट्ट
कास्कीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु
स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने दुईजना पक्राउ
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा