काठमाण्डौ। अवैध लागु औषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ।
प्रहरीले लागु औषधसहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना गरी जम्मा ८ जना पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ५ ग्राम ९ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट तार्केश्वर नगरपालिका-७ बस्ने २२ वर्षीय भरत रिमाल र खोटाङ खोट्टेहाङ गाउँपालिका-५ बस्ने २३ वर्षीय बिपिन मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले बा.५ ख ३१४९ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै सवारी साधन र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, पर्सा वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चौकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित बारा परवानीपुर गाउँपालिका-५ बस्ने २० वर्षीय युवराज सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सिंहलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यता, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-५ देवीस्थानबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९० केजीसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २५ वर्षीय लिला बहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने राजेश घलान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वरतर्फ जाँदै गरेको ना.०५ ख ९७११ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी चालक लिला र सहचालक राजेशलाई पक्राउ गरेको हो ।
तनहुँ आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट पनि प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्रामसहित पर्सा पर्सागढी नगरपालिका-९ बस्ने १९ वर्षीय राहुल पासवानलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय आबुखैरेनिबाट खटिएको प्रहरीले ग.२ ख ००९८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । र, कैलाली, गोदावरी नगरपालिका-५ गेटी बस्ने २८ वर्षीय नबिन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २७० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई कोठाबाट उक्त पदार्थ र तराजुसहित फेला पारी पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन