भोजपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

भोजपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

men rape men

सांकेतिक फोटो

भोजपुर। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

भोजपुरको पौवादुङमा गाउँपालिका -२ छोकिमालामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्थानिय २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

युवकले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका युवकमाथि नाबालिका करणी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds