पोखरा । पोखरामा चर्चित मन्त्र व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । शुक्रबार अर्थात मंसिर १ गते पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाइभ कन्सर्ट हुन लागेको हो ।
‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका चर्चित गीतहरूबाट मन्त्र व्याण्डले मनोरञ्जन दिने छ ।
पोखरा लामोसमय पछि कन्र्सट हुन लागेकाले दर्शकहरुको राम्रो उपस्थिती हुने प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए ।
उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ । मन्त्र व्याण्ड करिब २५ वर्ष देखी सागितिक क्षेत्रमा सक्रिय रहदै आएको छ ।
दार्जिलिङको ख्यातिप्राप्त मन्त्र व्याण्डका गीत संगित नेपालमा रक नम्बरमा लोकप्रिय छन् । सन् १९९९ मा स्थापना भएको ब्याण्डले स्लो रक र रक जस्ता विधाका गीतहरू मार्फत धेरैको मनमा स्थान बनाएको छ ।
ब्यान्डले प्रेम, संस्कृति र देशका गीतहरूलाई जोड् दिदै आएको छ । मन्त्र ब्याण्डमा भोकलमा भास्कर देवान, गितारमा प्रज्ञा लामा, ड्रममा बिरजु चौधरी, बाँसुरी र सेक्सोफोनमा विधान थापा, बास गितारमा प्रवाह सुब्बा, र किबोर्डमा मनिष थापा रहेका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य
आलु महोत्सवको तयारी अन्तिम चरणमा
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप
मधेशी आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन पेस
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी