पोखरा । मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् ।
लमजुङको देउतापानीमा जन्मेर पोखरालाई कर्म थलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् ।
अमेरिकाको बसाइँबाटै उनले पछिल्लो कृति ‘यो कसको हात हो’ को दोस्रो संस्करण सार्वजनिक गरेर जन्मदिन मनाएका हुन् । जुन कृतिको पहिलो संस्करण १० वर्ष अघि प्रकाशित थियो ।
२०३२ सालदेखि नेपाल सरकारको अधिकृतस्तरमा कार्यरत रही २०६१ सालबाट सेवा निवृत्त अधिकारीका जूनकीरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (२०७०), यो कसको हात हो (२०७०), बिरिमफुल (२०७३), जूनका टुक्राहरु (२०७७), दोभान (२०७८), लमजुङको सम्झना (२०७१), माया (२०७४), पहिलो चोटी (२०७९), सुसेली (२०८०) लगायतका कविता, मुक्तक, गीत, गजलका कृति प्रकाशित छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका बोर्ड अफ ट्रष्टी सल्लाहकारसमेत रहेका अधिकारी प्रवल गोरखा दक्षिणबाहु, राष्ट्रपतिद्वारा कदर, मुक्तकणि सम्मान, वेष्ट लिरिसिस म्यूजिक अवार्डलगायतका विभिन्न सम्मान, पुरस्कार र विभूषणबाट विभूषित छन् । उनले नेपाली वाङ्मयको श्रीवृद्धिमा पुर्याएको ५० वर्षको योगदानको कदर गर्दै अनेसास केन्द्रीय समितिद्वारा ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ कृतिसमेत प्रकाशित छ ।

सम्बन्धित खबर
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने
गुरूङ चलचित्रकी नायिका माया गुरूङद्वारा सहाराका बालकहरुलाई जर्सी सहयोग
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति