पोखरा । मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन् ।
लमजुङको देउतापानीमा जन्मेर पोखरालाई कर्म थलो बनाउँदै आएका अधिकारी केही समयका लागि हाल अमेरिका बसाइमा छन् ।
अमेरिकाको बसाइँबाटै उनले पछिल्लो कृति ‘यो कसको हात हो’ को दोस्रो संस्करण सार्वजनिक गरेर जन्मदिन मनाएका हुन् । जुन कृतिको पहिलो संस्करण १० वर्ष अघि प्रकाशित थियो ।
२०३२ सालदेखि नेपाल सरकारको अधिकृतस्तरमा कार्यरत रही २०६१ सालबाट सेवा निवृत्त अधिकारीका जूनकीरी (२०५३), ऐना (२०५७), तीन लय तेह्र गीत (२०६०), झटारो (२०७०), यो कसको हात हो (२०७०), बिरिमफुल (२०७३), जूनका टुक्राहरु (२०७७), दोभान (२०७८), लमजुङको सम्झना (२०७१), माया (२०७४), पहिलो चोटी (२०७९), सुसेली (२०८०) लगायतका कविता, मुक्तक, गीत, गजलका कृति प्रकाशित छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका बोर्ड अफ ट्रष्टी सल्लाहकारसमेत रहेका अधिकारी प्रवल गोरखा दक्षिणबाहु, राष्ट्रपतिद्वारा कदर, मुक्तकणि सम्मान, वेष्ट लिरिसिस म्यूजिक अवार्डलगायतका विभिन्न सम्मान, पुरस्कार र विभूषणबाट विभूषित छन् । उनले नेपाली वाङ्मयको श्रीवृद्धिमा पुर्याएको ५० वर्षको योगदानको कदर गर्दै अनेसास केन्द्रीय समितिद्वारा ‘साधनाको स्वर्ण वर्ष : मुक्तकमणि तीर्थराज अधिकारी’ कृतिसमेत प्रकाशित छ ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?