छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ। मधेसका जिल्लाहरूमा ग्रामीण भेगदेखि सहरसम्मको जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।
स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृश्य मनमोहक देखिन्छ ।
पोखरामा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । फेवा किनारमा बनाइएको छठी घाटमा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरिएको छ।

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।
विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ । पछिल्लो समय यो पर्व काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा र पहाडी समुदायमा समेत मनाउन थालिएको छ।

छठ पर्व चार दिनसम्म मनाइन्छ।
पहिलो दिन अर्थात चतुर्थीलाई ‘अरवा–अरबाइन’ वा नहा खाए भनिन्छ। यस दिन ब्रतालुहरुले स्नान गरी शुद्व र पवित्र भोजन ग्रहण गर्दै व्रत गर्ने संकल्प गर्छन्।
दोस्रो दिन अर्थात खरनामा बिहानैदेखि निर्जल व्रत बसी साँझ गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोको घोलले भूमि सजाइन्छ। चन्द्र दर्शनपछि माटोको नयाँ चुल्हो र भाँडावर्तनमा सख्खर, दूध र चामलको खिर बनाएर केराको पातमा राखि छठि मातालाई चढाइने परम्परा रहेको छ। यसपछि ब्रतालु र परिवारका सदस्यहरुले प्रसादको रुपमा खिर ग्रहण गर्ने गर्छन्। अनि सुरु हुन्छ ब्रतालुहरुको ३६ घण्टाको उपवास।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिवसीय रुपमा मनाइने यो पर्वमा वर्तालुहरु ३६ घण्टा सम्म निर्जल उपवास बस्ने गर्छन्।
तेस्रो दिन अर्थात् षष्ठीमा प्रसादका रुपमा बनाइएको ठकुवा, भुस्वा, पुरी कचवनिया र फलफुल सहितका प्रसाद समाग्रीहरु लिएर पोखरी घाट पुर्याइन्छ। प्रसादहरुमा नरिवल, टापनिम्बु, स्याउ, उँखु, मुला, बेसारको झार, अदुवा, सकरकन्द सहितका विभिन्न स्थानीय कृषि उत्पादनहरु समेत प्रसाद समाग्रीको रुपमा चढाइने भएकाले यसलाई कृषिको पूजाका रुपमा समेत लिने गरिन्छ।

सम्पूर्ण समाग्री सहित पोखरी र सरोबर घाट पुगेका ब्रतालुहरु साँझ दिप, धुप, अगरपती प्रज्वलन गरी सूर्य देवता र छठीमाताको पूजा आराधना गरी राती पोखरी घाटमै जाग्राम बस्ने गर्दछन्। स्थानीय रुपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखि जम्मा भएका ब्रतालुहरुले जलाशयको दृश्य मनमोहक बनाइएको हुन्छ। अस्ताउदो सुर्यलाई अर्घ्य दिँदा ब्रतालुले दुवै हातमा चालमको घोल र सिन्दुर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गर्दछन्।

तेस्रो दिन राति भक्तजनहरु जलाशय घाटमै प्रसादको सुरक्षाका लागि छठि माता पूजाको गीत र सांस्कृतीक कार्यक्रम गरी जाग्राम बस्ने गर्दछ।
चौथो तथा अन्तिम दिन पारनमा ब्रतालुहरु बिहान जलाशयमा स्नान गरी उदाएको सूर्यदेवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न हुन्छ। सूर्यको उपयोगी किरणको अभाववाट हुने कुष्ठरोग लगायतका छालाजन्य रोग व्याधिबाट मुक्तिका लागि समेत यो पर्व विशेष महत्व राख्दछ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन