इलाम। इलाममा भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा दुर्घटना भएको थियो ।
धनुषाको धनुषाधाम नगरपालिका ९ बाट शैक्षिक भ्रमणका लागि आएको बस इलामको कन्यामबाट फर्कंने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका– ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ३० वर्षीय गणेश कुमारी मुक्तान, ११ वर्षीय समिक्षा मुक्तान, १२ वर्षीय बालक शेखर मुक्तान, १२ वर्षीय बालिका निर्जला मुक्तान, ३६ वर्षीय महिला अन्जु तामाङ, २ वर्षीय नावालिका स्मिरिका तामाङ, ११ वर्षीय बालिका रिजा लामा, ११ वर्षीय बालिका काजल नायक, १४ वर्षीय बालिका नितिशा मुक्तान, ११ वर्षीय बालिका निशु लामा, ४० वर्षीय महिला सुनमाया लामा, २० वर्षीय महिला कबिता घिसिङ, १३ वर्षीय बालक शौगात लामा, १४ वर्षीय बालिका बर्षा तामाङ, १५ वर्षीय बालक सिद्धार्था तामाङ, १५ वर्षीय बालिका स्वेक्षा लोकचन, १२ वर्षीय बालिका विविशा लोकचन, १५ वर्षीय बालिका रोजिना तामाङ, २८ वर्षीय महिला कल्पना कुमारी लामा, २९ वर्षीय महिला शान्ता पाख्रिन, १८ वर्षीय महिला सान्ध्या मोक्तान, ३५ वर्षीय महिला मनमती लामा, ३० वर्षीय महिला ज्ञानु लामा, १८ वर्षीय महिला प्रतिक्षा लामा, ४५ वर्षीय महिला लाल कुमारी लामा, ४०वर्षीय पुरुष बीरबहादुर लोकचन, १५ वर्षीय बालक कर्ण मुक्तान, १५ वर्षीय बालक कुशुम घिसिङ, ६० वर्षीय महिला शान्तमाया तामाङ, ३५ वर्षीय पुरुष अनिल परियार, २० वर्षीय महिला रचना घिसिङ, ३५ वर्षीय पुरुष संजोक तामाङ, १८ वर्षीय महिला रेनु घिसिङ र १६ वर्षीय समिक्षा लामा रहेका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण