रुकुमपश्चिममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २३ जना घाइते

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २३ जना घाइते

accident

रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बूढा छन्।

बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको छ ।

दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।

जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds