पोखरा । गण्डकी प्रदेशमा मोटर स्पोर्टस खेलको विकास एवं प्रवर्द्धनका लागि नेपाल रेसिङ स्पोर्टस एसोसियसन ९एन।आर।एस।ए० गठन भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीमा विधिवत दर्ता भएको उक्त संस्थाको अध्यक्षमा माइकल थापा रहेका छन् । उक्त संस्थाले भिआर ४६ संगको सहकार्यमा पोखरामा यहि मंसिर ८ र ९ गते पोखरामा फिसटेल रेसको समेत आयोजना गर्ने भएको छ । संस्थाले जल, थल र आकाशका सबै प्रकारका मोटर स्पोर्टस सम्वन्धि खेलको विकास गर्ने हेतुले संस्था गठन गरि अघि बढेको अध्यक्ष थापाले बताए ।
रेसिङ स्पोर्टसका खेल संग सम्वद्ध रहेका अध्यक्ष थापाले रेसिङ स्पोर्टस गण्डकी प्रदेश लगायत सबै प्रदेशमा सम्भावना भएको खेल भएकोले यसको विकासका लागि सुरुवात भएको उल्लेख गरे । “हामी रेसिङ स्पोर्टस खेलको विकास र प्रवर्द्धन गर्दैै अगाडी बढ्ने लक्ष्य लिएका छौं”–उनले भने–“अव गण्डकी प्रदेशमा रेसिङ स्पोर्टस खेलले गति लिन्छ । गण्डकी प्रदेशलाई केन्द्रविन्दु बनाउँदै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्नेछौं ।”
नव गठित संस्था र पोखरा रंगशालामा सञ्चालन हुने फिसटेल रेस ट्रयाकको एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले औपचारिक रुपमा उद्घाटन गरे । बिहिबार पोखरा रंगशालामा आयोजित कार्यक्रमममा सदस्य सचिव शर्माले रेसिङ स्पोर्टस खेलको विकासले गण्डकी प्रदेशलाई खेल पर्यटनको रुपमा विश्वमा पहिचान बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने–“यो एउटा महत्वपूर्ण क्षण हो । हामीले नयाँ विषयमा पाइला चालेका छौं । रेसिङ स्पोर्टसको विकासका लागि परिषदले सक्दो सहयोग गर्ने छ ।”
सो अवसरमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, विभिन्न प्रदेशबाट आएका रेसिङ स्पोर्टस संग सम्वन्धित खेलाडी तथा निर्णायकहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह